नियम
अनुमतिको लागि निवेदन _दिनुपर्ने
(१) ऐनको दफा ८ को उपदफा (१) बमोजिम बोर्डबाट अनुमति लिनुपर्ने कुनै उद्योग दर्ता गराउन चाहने, व्यक्तिले अनुमतिको लागि निवेदन दिँदा नियम ३ बमोजिम उच्योग दर्ताको लागि आवश्यक पर्ने विवरण र कागजात : संलग्न गरी अनुसूची-७ बमोजिमको ढाँचामा विभागमार्फत बोर्डमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनउपर बोर्डबाट उद्योग दर्ता गर्न अनुमति दिने निर्णय भएमा विभागले अनुसूची-८ बमोजिमको ढाँचामा सम्बन्धित निवेदकलाई अनुमतिपत्र दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम उद्योग दर्ता गर्न अनुमति दिने निर्णय भएपछि बोर्डले उपनियम (१) बमोजिम निवेदन साथ पेश भएका विवरण र कागजातको अभिलेख राखी सोको सक्कल प्रति विभागमा पठाउनु पर्नेछ र त्यस्तो निवेदकले उद्योग दर्ताको लागि नियम ३ बमोजिम विभागमा निवेदन दिँदा त्यस्तो विवरण वा कागजात पुन पेश गर्नुपर्ने छैन।

(४) उपनियम (३) मा जुनसुकै कुरा: लेखिएको भए तापनि उपनियम (१) बमोजिम पेश भएको कागजात र विवरणमा फरक परेमा वा पेश भएको: विवरणमा अद्यावधिक गर्नु पर्ने भएमा निवेदकले त्यस्तो कागजात र विवरण पुन पेश गर्नु पर्नेछ।